धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिक घरको छतबाट लडेर १ जनाको मृत्यु भएको छ ।
छोरा लोकबहादुर माझीको घरमा बस्दै आएका डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यु भएको हो ।
घरको ३ तलाको छतबाट लडेर गम्भीर घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा बुधबार बिहान २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।