एमालेले गठन गर्‍यो बेदकोट नगरपालिका–१ मा वडा कमिटी, अध्यक्षमा धामी सर्वसम्मत

महेन्द्रनगर । नेकपा एमालेले बेदकोट नगरपालिकाको १ नम्बर वडामा वडा कमिटी गठन गरेको छ ।

शनिबार भएको वडा भेलाले गिरी धामीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको छ ।

वडा कमिटी उपाध्यक्षमा नरबहादुर शाही, सचिवमा खडकबहादुर बोहरा, उपसचिवमा विमला कुँवर र प्रेम बोहरा चयन भएका छन् ।

पार्टी केन्द्रीय कमिटी सदस्य नरबहादुर धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकरदत्त जोशी, प्रदेश कमिटी सदस्य रामसिंह धामी, पार्वती भट्ट जोशी, जिल्ला कमिटी सदस्य तथा पालिका इन्चार्ज सुशीला सिंह, जिल्ला कमिटी सदस्यहरू नरेशबहादुर सिंह, लक्ष्मण राना, रामचन्द्र रेग्मी, नगर उपाध्यक्ष हरि गिरी, राष्ट्रिय युवासंघ नेपालका सुदूरपश्चिम प्रदेश कमिटी कोषाध्यक्ष खगेन्द्र नाथ अतिथि रहेका थिए ।

सम्बन्धित
Loading...