चितवन । जिल्लाको भरतपुर महानगरपालिका–१५ विष्णुचोकमा साइकलबाट लडेर १ जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१५ भद्रकाली टोल बस्ने बाराको कोल्बी घर भएका ५० वर्षीय देवेन्द्र चौधरीको बुधबार बिहान मृत्यु भएको छ ।
साइकलबाट लडेर गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।