नेपाली युवतीलाई दिल्ली पुर्‍याएर यौन व्यवसायमा लगाउने ३ जना पक्राउ

काठमाडौं । नेपाली युवतीलाई ललाइफकाई दिल्ली पुर्‍याएर यौन व्यवसायमा लगाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका–७ का ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता भण्डारी, रिया वली भन्ने टीकाकुमारी वली रहेका छन् ।

विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपालबाट भारतको दिल्ली पुर्‍याई वेश्यावृत्तिका लागि आफैंले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न आरोपीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ ।

आरोपीहरूलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...