महेन्द्रनगर । नेकपा एमाले कृष्णपुर नगर कमिटीको कार्यबाहक अध्यक्षको जिम्मेवारी ललित साउदले पाएका छन् ।
नगर कमिटीका अध्यक्ष गणेशसिंह ऐरी प्रदेश कमिटी सदस्य निर्वाचित भएपछि विधानतः उपाध्यक्ष लालबहादुर शाहीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाए पनि बैठकमा उपस्थित नभएपछि नगर कमिटीको पूर्ण बैठकबाट नगर कमिटी सचिव रहेका ललित साउदले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
कृष्णपुरको हरियाली सामुदायिक वन गुलरियाको सभाहलमा बिहीबार बसेको बैठकले साउदलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ । बैठकले नगर कमिटीका सदस्य महेन्द्र रोकायालाई कार्यबाहक सचिवको जिम्मेवारी दिएको छ ।
बिहीबार नगर कमिटी सचिव ललित साउदको अध्यक्षतामा बसेको नगर कमिटीको पूर्ण बैठक पार्टी केन्द्रीय सल्लाहकार परिषद्का सचिवालय सदस्य गोविन्दप्रसाद कलौनी प्रमुख अतिथि रहेका थिए । बैठकमा प्रदेश कमिटी उपसचिव नरबहादुर विक, प्रदेश कमिटी सदस्य मोहनसिंह रावल र गणेशसिंह ऐरी, कार्यबाहक जिल्ला अध्यक्ष लक्ष्मी बुढा, जिल्ला उपसचिव कर्णबहादुर चन्द, जिल्ला कमिटी सचिवालय सदस्य एवं नगर इन्चार्ज लोकेन्द्रप्रसाद पन्त लगायत नेताहरूको उपस्थिति थियो ।