दार्चुला । जिल्लाको नौगाड गाउँपालिका–३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा १ बालकको मृत्यु भएको छ ।
बुधवार साँझतिर आगलागी हुँदा रणबीरको ४ महिनाको छोरा विजयप्रकाश टमटाको जलेर घटनास्थलमै मृत्यु भएको छ ।
आगलागीबाट घरभित्र रहेका खाद्यान्न, भाडावर्तन, लत्ताकपडा लगायतका सामानहरू जलेर नष्ट भएका छन् ।
आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।