डडेल्धुरा । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलमा साजको रुखमा स्याउला काट्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
स्थानीय ५१ वर्षीय मकरबहादुर शाहीको आईतबार दिउँसो करेण्ट लागेर मृत्यु भएको हो ।
उनी घरनजिक रहेको साजको रुखमा स्याउला काट्ने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लागी रुखबाट खसेर गम्भीर घाइते भएका थिए ।
उनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।