मिलको सापटमा चुन्नी बेरिएर टाउकोमा चोट लाग्दा बालिकाको मृत्यु

बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–८ देउलीसैनमा मिलको सापटमा चुन्नी बेरिएर ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।

स्थानीय लोकेन्द्र रावलकी ५ वर्षीया छोरी आँचल रावलको भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडिको सापटमा चुन्नी बेरिएर टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु भएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...