मन्त्रीकै गृहजिल्लामा नेकपा परित्याग गरी ८५ जना कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारले गरिरहेका कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको गृहजिल्ला जाजरकोटमा नेकपा कार्यकर्ताले पार्टी परित्याग कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसले जाजरकोटको भेरी नगरपालिका–६ कृष्ण मन्दिरमा आयोजना गरेको कार्यक्रममा नेकपा तथा राप्रपा पार्टी परित्याग गरी ८५ जना नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई वडा कार्यसमितिले स्वागत गरेको छ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पार्टी प्रवेश गर्नेको लहर बढ्दै गएको छ । केही दिनअघि राप्रपाका चर्चित नेता तथा पूर्व मन्त्री सुनिल थापा समेत कांग्रेस प्रवेश गरेका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले चुनावका बेला गरेको वाचा सरकारले पूरा गर्न नसकेको भन्दै नेकपाभित्र असन्तुष्टि छ । पदीय भागबण्डा लगायत विषयले नेकपा शीर्ष नेतृत्व समेत विवादमा रहेका बेला गाउँघरका नेता कार्यकर्ता पार्टी परित्याग गर्न थालेका छन् ।

सम्बन्धित
Loading...