धनगढी । बाजुराको बडिमालिका नगरपालिका–८ रतुडामा आफन्तको विवाहबाट घर फर्किंदा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
भीरबाट अन्दाजी २००–३०० मिटर तल खसेका स्थानीय ५३ वर्षीय ताराचन्द्र ऐडी शनिबार साँझतिर मृत अवस्थामा फेला परेका छन् ।
उनी शनिबार साँझतिर झरौलेमा आफन्तको विवाहबाट घर जाने क्रममा भीरबाट लडेका बताइएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।