मोटरसाइकल दुर्घटना हुँदा कांग्रेसबाट निर्वाचित वडा सदस्यको मृत्यु

चितवन । ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा चितवनको माडीमा वडा सदस्यको मृत्यु भएको छ ।

माडी नगरपालिका–१ गर्दीमा भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको ट्रयाक्टरले ठक्कर दिँदा माडी नगरपालिका–२ का वडा सदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको छ । उनी नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित भएका थिए ।

बा प्र ०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताए । ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...