बाजुरामा ‘अन टेस्ट’ ट्रयाक्टर दुर्घटना हुँदा धनगढीका चालकको मृत्यु

धनगढी । बाजुराको साँफे–मार्तडी राजमार्गमा ‘अन टेस्ट’ ट्रयाक्टर दुर्घटना हुँदा धनगढीका चालकको मृत्यु भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिका–१० रिठा खर्रामा दुर्घटना हुँदा साँफेबाट मार्तडी सदरमुकामतर्फ जाँदै गरेको ट्रयाक्टरका चालकको मृत्यु भएको हो ।

ट्रली नजोडेको ट्रयाक्टर अचानक सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने चालक अन्दाजी ४०–४२ वर्षीय वीरसिंह चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बयलपाटा अस्पताल अछाममा उपचारकै क्रममा गएराति मृत्यु भएको छ । दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...