प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु

काठमाडौं । बारा जिल्लाको सिम्रौनगढमा प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रदर्शनकारीसँग झडप भएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाट बस्ने २५ वर्षीय लक्ष्मी मुखियालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

झडपमा १० जना प्रहरी समेत घाइते भएका जनाइएको छ । पालिकाकी मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लैजाँदा अवरोध भएपछि झडप भएको थियो ।

सम्बन्धित
Loading...