बाख्रा किनेर ल्याउँदा भीरबाट लडेर मृत्यु

धनगढी । बैतडीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका–६ बागडास्थित भीरबाट खसेर स्थानीय ४८ वर्षीय दिपेन्द्र साउँदको मृत्यु भएको छ ।

बत्थीबाट बाख्रा खरिद गरी ल्याउने क्रममा भीरबाट अन्दाजी ६०–७० मिटर तल खसेर उनको मृत्यु भएको छ ।

प्रहरी चौकी शिवलिङ्ग बैतडीबाट प्रहरी टोली खटिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...