धनगढी । प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट भन्सार छलीका सामान बरामद गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य २६ हजार २०० रुपैयाँ बराबरको चिनी, सलाई, जुत्ती लगायतका सामान आईतबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित गुम्बा नजिकैबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी मूल्य २० हजार रुपैयाँको सवारीसाधनमा प्रयोग गरिने ईन्जिन आयल आईतबार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।