देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस

काठमाडौं । हिउँदको प्रभाव बढेसँगै देशभर चिसो बढ्दै गएको छ ।

आईतबार काठमाडौंमा यस वर्षको अहिलेसम्मकै चिसो भएको छ ।

आईतबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहानको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

काठमाडौंमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज काठमाडौंको अधिकतम तापक्रम २०.२२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी क्षेत्रका १–२ स्थानमा हल्का वर्षा हुने अनुमान छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित
Loading...