त्रिपालमा बसेका २० भूकम्प पीडितको चिसोले मृत्यु, के गर्दैछ सरकार ?

जाजरकोट । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका २० भूकम्प पीडितको चिसोले मृत्यु भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका–०८ रुवका बिर्खबहादुर सार्कीका १२ वर्षीय छोरा दीपक सार्कीको चिसोका कारण शनिबार बिहान मृत्यु भएपछि मृत्यु हुनेको संख्या २० पुगेको हो ।

सरकारले भूकम्प पीडितको आवास र पुनःस्थापनाको बन्दोबस्त नमिलाउँदा चिसोले ज्यान गुमाउनुपरेको छ । भूकम्पले घर चर्किएपछि पीडितहरू त्रिपालमुनि बस्दै आएका छन् ।

चिसोले निमोनिया भएका मृतक दीपकलाई छेडागाड नगरपालिका–९ पजारुको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । स्वास्थ्य चौकीबाट घर लगेपछि राति २ बजे उनको मृत्यु भएको बुवा बिर्खबहादुर सार्कीले जानकारी दिए ।

सम्बन्धित
Loading...