जनप्रतिनिधिबीच छुवाछुत : दलित महिला सदस्यको उजुरीले वडाध्यक्षलाई जेल सजाय

पोखरा । स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिबीच चर्किएको जातीय छुवाछुत मुद्दाले वडाध्यक्षलाई जेल पुर्‍याएको छ ।

जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दामा कास्की जिल्लाको पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद सजाय भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश अवानी मैनाली भट्टराईको एकल इजलासले बिहीबार अधिकारीलाई दोषी ठहर गर्दै साढे ४ महिना कैद, ७५ हजार जरिवाना र १० हजार रुपैयाँ क्षतिपूर्ति तिराउने आदेश दिएको छ ।

वडाध्यक्ष अधिकारीले दलित महिला सदस्य मैया नेपालीलाई जातीय विभेद तथा दुर्व्यवहार गरेका थिए । कास्कीकोटमा पुस १८ गते आयोजित सार्वजनिक कार्यक्रममा आफूलाई जातीय विभेद र दुर्व्यवहार गरेको भन्दै नेपालीले पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी जनाइएको छ । अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

सम्बन्धित
Loading...