काठमाडौं । नवलपरासीमा आइतबार बिहान भएको जीप दुर्घटनामा परेर मृत्यु भएका ६ जनामध्ये ४ जनाको सनाखत भएको छ ।
लु१ज ३२७० नम्बरको जीप नवलपरासीको देवचुली नगरपालिकाको गोरे घुम्तीमा दुर्घटना हुँदा मृत्यु भएकामध्ये पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–६ का २९ वर्षीय जीप चालक छनबहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वानटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षीया करिश्मा ठाडाको सनाखत भएको छ ।
अन्य २ मृतकको सनाखत हुन बाँकी रहेको छ ।