अछाम । अछामको चौरपाटी गाउँपालिका–४ पायल बस्नेमा अरिंगालको टोकाइबाट महिलाको मृत्यु भएको छ ।
स्थानीय रविन्द्र देउकरकी श्रीमती ३५ वर्षीया सरस्वती देउकरलाई मंगलबार दिउँसो घरनजिकै रहेको कोदोबारीमा कोदोको नल काट्ने क्रममा एक्कासि अरिंगालले शरीरभर टोकेका थिए ।
अरिंगालले टोक्दा घाइते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।