झापामा करेन्ट लागेर २ जनाको मृत्यु

झापा । जिल्लाको दमक नगरपालिका–३ धङधङस्थितमा खोल्सीमा निर्माणाधीन पुलमा काम गर्ने कामदारलाई करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुरको भोजपुर नगरपालिका–११ बस्ने ४५ वर्षीय चंखबहादुर सार्कीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको छ ।

झापाको कन्काई नगरपालिका–६ चप्रामारी बस्ने ३६ वर्षीय रामकुमार श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । कन्काई नगरपालिका–३ जय पथिभारा टोल बस्ने हरिहर पराजुलीको घरमा टिनको छाना लगाउन रड बोक्ने क्रममा विद्युत्को तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...