अर्जुनीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायी अग्रवाल गम्भीर घाइते

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा भारतीय व्यवसायी रोहित अग्रवाल गम्भीर घाइते भएका छन् ।

यूके ०३डी ५९५६ नम्बरको मोटरसाइकल मंगलबार साँझ दुर्घटना हुँदा भारतको वनवसाका व्यवसायी अग्रवाल गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए ।

साइकललाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ । घाइते अग्रवालको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित
Loading...