टी–२० विश्वकप छनोट : मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालको जीत

काठमाडौं । टी–२० विश्वकप छनोटमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले जितेको छ ।

मंगलबारको खेलमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १८ ओभरमा पूरा गरेको छ ।

शुरूआती ब्याटिङ गरेको मलेसियाले २० ओभर खेलेर ९ विकेटको क्षतिमा १६५ रन बनाएको थियो ।

मलेसियामाथिको जीतसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले समूहको अन्तिम खेलमा अब ओमानसँग खेल्नेछ । ओमानसँगको खेलले समूह विजेता र उपविजेता तय गर्नेछ ।

सम्बन्धित
Loading...