रक्सीको नशाले निम्त्याएको अपराध : सामान्य विवादमा चिर्पटले हिर्काउँदा श्रीमतीको मृत्यु

काठमाडौं । रक्सीको नशाले कहिलेकाहीँ अत्यन्तै गम्भीर खालका अपराध गराइदिने घटना खोटाङबाट सार्वजनिक भएको छ ।

रक्सी सेवन गरेका श्रीमानले दाउराको चिर्पट प्रहार गरेर खोटाङमा श्रीमती हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको लालीखर्कस्थित फलाँटेका दावा शेर्पाले चिर्पटले हान्दा ३६ वर्षीय लाक्पा डिकु शेर्पाको मृत्यु भएको हो ।

सामान्य वादविवादका क्रममा दावाले चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम खड्काले जानकारी दिए ।

लाक्पा डिकुको शव घरभन्दा करीब २०० मिटर टाढा रहेको गोरेटो बाटोमा भेटिएको थियो । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी बिट रत्नपार्क दिक्तेलबाट खटिएको प्रहरीको टोलीले दावालाई पक्राउ गरेको छ ।

सम्बन्धित
Loading...