जुवातास खेल्दाखेल्दै १९ जना रङ्गेहात पक्राउ, १२ लाख रुपैयाँ बरामद

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १९ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिका–५ लेले बस्ने नविन सिलवालको घरमा जुवा खेलिरहेको अवस्थामा स्थानीय ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले नगद ७ लाख ९९ हजार रुपैयाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइलसहित पक्राउ गरेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ देवीवन टोल बस्ने गोकुल नाथ पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–८ बस्ने ४० वर्षीय अजय खड्का समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले नगद ४ लाख ६५ हजार ३९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...