प्रचण्डपथ छाडेपछि माओवादी पार्टी विभाजनमा पुग्यो : अध्यक्ष प्रचण्ड

रुकुमपश्चिम । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डपथ छाडेपछि पार्टी विभाजनमा पुगेको बताएका छन् ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा आयोजित बैठकपछि आयोजित मग्मा शहीद स्मृति भेलाको उद्घाटन गर्दै प्रचण्डले भने, ‘हिजो प्रचण्डपथले बाबुराम, किरणदेखि विप्लव सबैलाई समेटेको थियो तर प्रचण्डपथ छाडेपछि पार्टी विभाजनमा पुगेको हो । प्रचण्डपथ छाडेको दिनदेखि मियो बिनाको दाइँ जस्तो भयो, सबै गोरुहरू जतातता जान मन छ त्यस्तै भयो । त्यसकारण फेरि एक पटक विचार केन्द्रित गर्नुछ ।’

अध्यक्ष प्रचण्डले आफूले प्रचण्डपथ रोकेपछि नै पार्टी फुटेको बताए । ‘मैले प्रचण्डपथ रोकेपछि पार्टी फुट्यो, त्यो बेला धेरैलाई एकताबद्ध गर्छु भनेर त्यो रोकेको थिएँ तर परिणाम माओवादी पार्टी नै फुट्यो । सायद त्यो गर्नु गल्ती थियो कि क्या हो भन्ने महसूस गरेको छु । आठौं महाधिवेशनको प्रतिवेदनमा पनि त्यो कुरा भनेको छु ।’

पार्टी विभाजनको असर सबैतिर परे पनि रुकुममा नेता जनार्दन शर्माको कमान्डमा माओवादी विभाजन नभएको भन्दै उनले धन्यवाद दिए ।

सम्बन्धित
Loading...