सडकमा भैंसीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ हरपुरमा सडकमा छाडिएको भैंसीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पर्साको जिराभवानी गाउँपालिका–५ का धनेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हरपुरमा महतो र उनकी पत्नी संगीता देवी सवार बीआर ३० वाई ६०३० नम्बरको भारतीय मोटरसाइकल भैंसीसँग ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दुवैको स्थानीयले उद्धार गरी वीरगञ्जको नारायणी अस्पतालमा ल्याएर उपचार गराउँदा अस्पतालले रेफर गरेको थियो ।

त्यसपछि बाराको नौतनस्थित एसएल न्युरो अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...