रुपन्देही । दुर्गा मूर्ति बिसर्जन गर्न घाट गएका २ जनाको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेका रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विश्वकर्माले बताए ।
स्थानीय २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता रहेका उपरीक्षक विश्वकर्माले बताए । बेपत्ता सन्तकुमारको खोजी भइरहेको उनले बताए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको दानव र तिनाउ नदीको संगममा मर्चवार क्षेत्रको दुर्गा मूर्तिहरू बिसर्जन हुँदै आएको छ ।