निङ्गलाशैनी जात्रा हेरेर फर्किंदा भीरबाट लडेर १ जनाको मृत्यु

बैतडी । निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किंदा भीरबाट लगेर सोमबार बैतडीमा १ जनाको मृत्यु भएको छ ।

बैतडीको पाटन नगरपालिका–४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले दशरथचन्द नगरपालिका–२ निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्टको घरनजिकै रहेको भीरबाट लडेर मृत्यु भएको बताए ।

भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजाँदै गर्दा सोमबार साँझ बाटोमै मृत्यु भएको हो । घटनाबारे छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...