धनगढी । दार्चुला जिल्लाको मार्मा गाउँपालिका–४ मर्मतीमा भीरबाट लडेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय बलबहादुर बिष्टकी पत्नी ३० वर्षीया पार्वती बिष्ट रहेकी छन् ।
घरबाट अन्दाजी ५०० मिटर टाढा उत्तरतर्फ बसौरामा आईतबार दिउँसो खर काट्ने क्रममा भीरबाट अन्दाजी २०० मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।