दशैंका बेला छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

धनगढी । बडादशैंका बेला सुदूरपश्चिममा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीस्थित कच्ची सडक खण्डमा सुप प्र ०१००१ ज १२६६ नम्बरको जीपको ब्रेकफेल भई सडकमा पल्टिन गई शुक्रबार दुर्घटना बड्खोरी बस्ने २५ वर्षीय ईनार महतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भएको छ भने १ जनालाई थप उपचारका लागी धनगढी रिफर गरिएको छ । घाइतेमध्ये २ जना जिल्ला अस्पताल बझाङमा उपचारपश्चात डिस्चार्ज भएका छन् ।

जीप चालक बुड्खोरी बस्ने ३० वर्षीय विनोद बहादुर धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी, कैलालीको बर्दगोरिया गाउँपालिका–२ पूर्वपश्चिम राजमार्गमा बा ७८ प ३६४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री कैलालीको जोशीपुर गाउँपालिका–४ हस्नापुर बस्ने ३६ वर्षीय डाटा प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल प्रालि बौनियाँ हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–७ चाकावारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित
Loading...