चोरी र वन मुद्दामा दोषी ठहर भई फरार रहेका २ जना पक्राउ

धनगढी । छुट्टाछुट्टै चोरी र वन मुद्दामा दोषी ठहर भई फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कञ्चनपुरबाट चोरी मुद्दामा २०७८ कात्तिक ७ गतेको फैसलाले ९ महिना कैद सजाय तोकिएर फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने २० वर्षीय युवराज शाहुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

यसैगरी जिल्ला अदालत कैलालीबाट वन मुद्दामा २०७७ मंसिर १० गतेको फैसलाले २ लाख ७५ हजार जरिवाना र ३ महिना कैद सजाय तोकिएर फरार रहेका कैलालीको गोदावरी नगरपालिका–२ महरा कटान बस्ने ३६ वर्षीय बिरू बुढाथोकी मगरलाई ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

सम्बन्धित
Loading...