दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–८ शंकरपुर पस्ती थक्तोलीस्थित सडक खण्डबाट १ किलो ६०० ग्राम लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् ।
बझाङको बुङल नगरपालिका–७ बस्ने ३६ वर्षीय उज्जलबहादुर बोहरा र २८ वर्षीय रामबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र प्रहरी चौकी शंकरपुर पस्ती दार्चुलाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा चरेश फेला पारी पक्राउ गरिएको छ ।
चरेश बरामद सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।