प्रधानमन्त्री प्रचण्डद्वारा कोरला नाका, मुक्तिनाथ र कागबेनीको अवलोकन

जोमसोम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लाको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन् ।

बुधबार बिहान जलवायु संवादका लागि मुस्ताङ पुगेका प्रधानमन्त्री प्रचण्डले विभिन्न क्षेत्रको अवलोकन गरेका उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तर्क्रिया गर्ने जनाइएको छ ।

सम्बन्धित
Loading...