शेखर कोइरालासँग सहमति भइसक्यो, अब गठबन्धन पूरै कार्यकाल चल्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग सहमति भइसकेकाले अब गठबन्धन पूरै कार्यकाल चल्ने बताएका छन् ।

चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले कोशीबाट भएको गठबन्धन भत्काउने षड्यन्त्र निस्तेज पारिएको बताए ।

सरकारको जनप्रेमी काम देखेपछि अब कहिल्यै सत्तामा फर्किन पाइँदैन भन्ने लागेर केही विच्छिप्त भएको टिप्पणी उनले गरे ।

उनले भने, ‘उनीहरू कसरी गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने भनेर लागिरहेका छन् । यो गठबन्धन यसरी नै सुशासन र सामाजिक न्यायको पक्षमा लागिरहेपछि आत्तिएका छन् । अहिले कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य देखियो, यही गठबन्धनले राम्रो गर्न खोजेको सहन नसकेर एकथरी मान्छे विछिप्त भएर यहाँ खेलर विभाजन ल्याउन सकिन्छ कि भनेर योजनाअनुसार अघि बढेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग सहमति गरेपछि त्यो षड्यन्त्र निस्तेज पारिएको छ । अब यो गठबन्धन पूरै कार्यकाल चल्छ ।’

सम्बन्धित
Loading...