धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले २ ग्राम २१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय सन्तोष राना र २२ वर्षीय सिवा रानालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बेलडाँडी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा खैरो हेरोइन फेला पारी मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बरामद लागूऔषध सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।