पंखामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

धनगढी । कैलाली जिल्लाको भजनी नगरपालिका–४ बिजुलीयामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

स्थानीय ४० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर शुक्रबार साँझतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको पंखामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखड कैलालीमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...