काठमाडौं । खोटाङमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झापामा १ युवक पक्राउ परेका छन् ।
बलात्कार गरेको आरोपमा झापाको बाह्रदर्शी गाउँपालिका–२ का २० वर्षीय अजय शर्मा खत्वे पक्राउ परेका छन् ।
शर्मालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ मा असोज १० देखि १७ गतेसम्म जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
उजुरीको आधारमा शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । पक्राउ परेका शर्मालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाउने तयारी छ ।