बिदाको दिन सरकारी गाडीको ‘दुरुपयोग’ छ्याप्छ्याप्ती, यी युवाले गरे चेकजाँच

महेन्द्रनगर । बिदाको दिन शनिबार सरकारी गाडीको दुरुपयोग छ्याप्छ्याप्ती हुने गरेको पाइएको छ ।

आज शनिबार सरकारी गाडी दुरुपयोगको अवस्था बुझ्न क्रान्तिकारी युवा संगठन नेपाल कञ्चनपुरले चेकजाँच गरेको छ ।

शनिबार बिहान गरिएको चेकजाँचमा ४ मोटरसाइकलले अनुमति विना मोटरसाइकल चलाएको पाइएको संगठनका प्रदेश संयोजक दिपेन्द्र ऐरीले जानकारी दिए ।

संगठनका जिल्ला अध्यक्ष भुवन भट्ट र इन्चार्ज कमल चौधरी लगायत युवाको सक्रियतामा सरकारी गाडी चेकजाँच गरिएको हो ।

अनुमति विना सञ्चालन भएका कर्णाली प्रदेशको एउटा, दार्चुलाको शैल्यशिखर नगरपालिका, कैलालीको गोदावरी नगरपालिका र सिँचाइ कार्यालय महेन्द्रनगरको मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाइएको संयोजक ऐरीले बताए । सवारी चलाउने अनुमति लिएका सरकारी गाडीलाई भने तत्कालै छाडिएको थियो ।

यसअघि समेत सरकारी गाडी चेकजाँच गर्ने गरिएको संयोजक ऐरीले जानकारी दिए ।

सम्बन्धित
Loading...