काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ६९६ मत प्राप्त गरी ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् । रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् ।
उनका निकटम प्रतिस्पर्धी मकवानपुरका कृष्ण दाहालले ४३९ मत प्राप्त गरेका छन् । निर्वाचनमा चितवनका दावादोर्जे लामा उपाध्यक्षमा विजयी भएका छन् । लामाले ६१५ मत प्राप्त गरेका छन् ।
सचिवमा ललितपुरका नवराज सिलवाल विजयी भएका छन् । सचिवमा सिलवाल १ मतले विजयी भएका छन् । सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।
उपसचिवमा प्रेमकुमार महर्जन ५९९ र भक्तकुमारी लामा ५३६ मतसहित विजयी भएका छन् ।