काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको ७ वर्ष पुरानो अदालतको अवहेलना मुद्दाको फैसला आउने भएको छ ।
आईतबार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले आगामी मंसिर १८ गते फैसला सुनाउने निर्णय गरेको हो ।
आईतबार दुवै पक्षको बहस सकिएपछि निर्णय सुनाउने मितिका लागि पेशी तोकिएको सर्वाेच्च अदालतले जनाएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ७ वर्षअघि २०७३ जेठ १२ गते दायर गरेको मुद्दामा सर्वोच्चले फैसला दिन लागेको छ । अदालतको अवहेलनालाई फौजदारी कसूर मानिन्छ, कसूरमा दोषी ठहर भएमा उनलाई राजनीतिक धक्का लाग्नसक्छ ।
प्रचण्डको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर भएको थियो ।