महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले ८औं संविधान दिवसको अवसरमा भोलि बुधबार बिहान प्रभातफेरी कार्यक्रम गर्ने भएको छ ।
एमाले पार्टी कार्यालय महेन्द्रनगरबाट बिहान ८ बजे प्रभातफेरी कार्यक्रम सुरु हुने जिल्ला सचिव पल्लबराज भट्टले जानकारी दिए ।
कार्यक्रममा कञ्चनपुरमा रहेका माथिल्लो कमिटीका सबै नेता, जिल्ला कमिटीका सबै, भीमदत्त, बेदकोट र दोधाराचाँदनी अनिवार्य र बाँकी पालिका कमिटीबाट सम्भव भएसम्म सबै, वडा कमिटी, जनप्रतिनिधि तथा सम्पूर्ण जनसंगठनका नेता, कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
संविधान दिवसको अवसरमा सरकारी, गैरसरकारी, राजनीतिक दल, संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउने कार्यक्रम छ ।