प्रधानमन्त्री प्रचण्डले बोलेपछि प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आज शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डको सम्बोधनपछि प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते आइतबार दिउँसो १ बजे बस्ने जानकारी दिए ।

शुक्रबार बैठकमा प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमण तथा सरकारका कामकारवाहीबारे जानकारी दिएका छन् । यसअघि भदौ २१ गते सभामुख घिमिरेले सरकारको जवाफ माग्दै रुलिङ गरेका थिए ।

सम्बन्धित
Loading...