डा. बाबुराम भट्टराईले ‘गम्भीर संकट’ देखाउँदै सुझाए यी ५ उपाय, केपीलाई बिदा गरौं !

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई देश गम्भीर संकटतिर भइरहेको बताउनुहुँदै त्यसबाट बच्न ५ उपाय सुझाउनुभएको छ ।

शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्नुहुँदै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर नेकपाबाटै नयाँ प्रधानमन्त्री चुन्नुपर्ने बताउनुभएको छ ।

डा. भट्टराईको सुझावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्ने, अपराधका संरक्षक न्यायाधीशलाई महाभियोग लगाउनुपर्ने लगायत सुझाव छन् ।

डा. भट्टराईले लेख्नुभएको छ, ‘देश गम्भीर संकटतिर जाँदैछ । लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं – १. संसद अधिवेशन बोलाऊँ २. केपीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं ३. अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ ४. भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ !’

सम्बन्धित
Loading...