धनगढी । कैलालीको अत्तरियाबाट गएको अटो रिक्सा डडेल्धुरा पुगेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
भीमदत्त राजमार्गको डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका–१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम बहादुर नायकले बताए ।
दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका छन् । अटो रिक्सामा ३ जना सवार रहेकोमा वीरबहादुर कुँवर घाइते भएका छन् ।