वन हेरालुमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कडा कारवाही गर्न समन्वय समितिको माग

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित दिपेन्द्र सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु नन्दसिंह भण्डारीमाथि भएको हँसिया आक्रमणका दोषीलाई तुरुन्त पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न सामुदायिक वन समन्वय समिति वाणीले माग गरेको छ ।

समितिका अध्यक्ष महेशदत्त जोशीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कारवाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘सामुदायिक वनमा हुने यस्ता खाले चोरी तस्करी गर्ने र वन संरक्षणमा अहोरात्र खट्नेमाथि हुने आक्रमणको घोर भत्र्सना गर्दै दोषीलाई तुरुन्त पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न सरकारलाई हार्दिक अनुरोध गर्दै नन्दसिंह भण्डारीको उपचारमा आवश्यक सहयोग गर्न सरकारलाई हार्दिक अनुरोध गर्दछौं ।’

वन पैदावार चोरी तस्करी गर्ने समूहको आक्रमणबाट घाइते भएका भण्डारीको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको छ । संरक्षणका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था र व्यक्तिले समेत दोषीमाथि कारवाहीको माग गरेका छन् ।

सम्बन्धित
Loading...