गौरा पर्वका लागि २१ र २२ गते बिदा दिने निर्णय [सूचनासहित]
धनगढी । सुदूरपश्चिम प्रदेशमा भव्यताका साथ मनाइने गौरा पर्वको अवसरमा २ दिन स्थानीय बिदा दिने निर्णय दार्चुलाको शैल्यशिखर नगरपालिकाले गरेको छ ।
नगरपालिकाले एक सूचना प्रकाशित गर्दै भदौ १७ गतेको नगर कार्यपालिकाको निर्णयअनुसार बिदा दिने निर्णय भएको जनाएको छ ।
भदौ २१ र २२ गते नगरपालिकाभर स्थानीय बिदा हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवदत्त जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
संघ र प्रदेश सरकारले यसअघि नै भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिइसकेका छन् । गौरा पर्व मनाउने तिथिबारे विवाद हुँदा यसपालि गौरा पर्व २ पटक हुन लागेको छ ।