धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका लागि २ दिन सार्वजनिक बिदा दिएको छ । सरकारले भदौ ७ र ८ गते प्रदेशभर बिदा हुने जनाएको छ ।
यसपालिको गौरा पर्वको सन्दर्भमा भदौ ७ गते वा भदौ २१ गते भन्नेमा विवाद देखिए पनि प्रदेश सरकारले भदौ ७ गतेलाई नै मान्यता दिएको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८० भदौ ७ गते गौरा पर्व मनाउनुपर्ने निर्णय गरेको छ ।