खाना पकाउने ग्यासको मूल्य ह्यात्तै बढ्यो, अब कति तिर्नुपर्छ ?

काठमाडौं । खाना पकाउने ग्यासको मूल्य ह्यात्तै बढेको छ ।

नेपाल आयल निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको छ ।

भारतीय आयल निगमले आज बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६.४५ रुपैयाँ बढेर आएकाले भ्याट जोडेर नयाँ मूल्य कायम गरेको छ ।

निगमले मूल्य बढाएसँगै आज बिहीबार रातिदेखि १ सिलिन्डर ग्यास किन्न उपभोक्ताले १ हजार ८९५ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि ग्यासको मूल्य १ हजार ६६० रुपैयाँ रहेको थियो ।

यसैगरी पेट्रोल र डिजेलको मूल्य पनि बढाइएको छ ।

हेर्नुहोस् नयाँ मूल्य विवरण –

सम्बन्धित
Loading...