महेन्द्रनगर । कञ्चनपुरमा आन्दोलनरत नेपाल शिक्षक महासंघले मंगलवारका लागि नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटमा चर्काे घाममा ५ घण्टासम्म धर्ना दिँदा पनि मागप्रति कुनै चासो नदेखाएकाले विद्यालय बन्दको कार्यक्रम यथावत रहेको जनाइएको छ ।
विद्यालय बन्दका कारण विद्यार्थी र अभिभावकमा परेको असुविधाप्रति क्षमायाचना गर्दै आन्दोलन परिचालन समितिले मंगलवार पनि बिहान ११ बजे भृकुटी माध्यमिक विद्यालयमा उपस्थित हुन सबैमा आग्रह गरेको छ ।
यस्तो छ प्रेस विज्ञप्ति –